शाही युवा शक्तिद्वारा एमसीसीविरुद्ध अमेरिकन दूतावास घेराउ

काठमाडौं। राजावादीहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा अमेरिकन दूतावास गर्ने भएका छन् । शाही यूवा शक्ति नेपालले यही माघ १४ गते एमसीसीको विरोधमा अमेरिकन दूतावास घेर्ने भएको हो।

आइतबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाही युवा शक्ति नेपालले राष्ट्रघाती एमसीसीलाई रोक्न लागि महाराराजगंजमा रहेको दूतावास घेराउ गर्न लागिएको जनाएको छ । माघ १४ गते मंगलबार विहान साढे ११ बजे दूतावास घेराउको कार्यक्रम रहेको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै खड्काले भने, ‘देशलाई शैन्य अखडा बनाउनका लागि नेपालमा एमसीसी ल्याएर ठुलो राष्ट्रघात हुँदैछ ।’ उनले अगाडि भने, ‘एमसीसी संसदबाट पास हुनबाट रोक्नका लागि सबैजनालाई अमेरिकन दूतावास घेराउ कार्यक्रममा सहभागि भएर दवाव दिनका लागि अपिल गर्दछु ।’

उनले सबै राष्ट्रवादी नेपालीहरु एकजुट भएर लडेको खण्डमा देशले निकास पाउने भन्दै सबैलाई दूतावास घेराउ कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् । राजतन्त्र हटेपछि देशमा शान्ती सुरक्षा अत्यान्त कमजोर भएको भन्दै खड्काले एमसीसी सम्झौताले देशलाई अशान्त मात्र हैन युद्धभुमी बन्ने होकी भन्ने चिन्ता व्यक्त गरे ।