८० जना यात्रु बोकेको विमान दुर्घ’टनाग्र’स्त

एजेन्सी। तालिबानको नियन्त्रणमा रहेको भूमिमा ८० जना यात्रु बोकेको एक विमान सोमवार दुर्घ’टनाग्र’स्त भएको छ ।

आरियाना अफगान एयरलाइन्स गजनी प्रान्तको दुर्गम पहाडी देह याक जिल्लामा दुर्घट’नाग्र’स्त भएको छ । विमान हेरातबाट काबुल जाँदै थियो ।

यात्रु तथा विमान कर्मचारीहरूले स्थितिका बारेमा केही थाहा हुन सकेको छैन तर हताहतीको आ’शंका गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, विमानमा कुल ८३ व्यक्ति सवार थिए जसमा तीनजना विमान कर्मचारी थिए । राज्यको स्वामित्व रहेको उक्त विमान सोमवार दिउँसो सबा १ बजे दुर्घ’टना’ग्रस्त भएको बताइएको छ ।

समाचारहरूमा आएअनुसार, तालिबानीहरू दुर्घट’नास्थलमा पुगेर आगो निभाउने प्रयास गरेका छन् ।