मलेशियामा पनि भेटियो कोरोना भाइरस, संक्रमणबाट जोगिन सजग रहन आग्रह

काठमाडौ। ५ लाख बढी नेपाली कार्यरत मलेशियामा पनि नोवल कोरोना भाइरसका विरामी फेला परेका छन् । तीनजनामा सो भाइरस फेला परेको मलेशियाको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । चीनको वुहान शहरमा असाध्यै संक्रमक रुपमा फैलिएको सो भाइरसकै कारण ४१ जनाको म’त्यु भइसकेको जनाइएको छ ।

सो भाइरसका कारण हालसम्म नेपालमा एकजान विरामी फेला परेका छन् भनें अमेरिका, थाइल्याण्ड, दक्षिण कोरिया, जापाना, अष्ट्रेलिया, क्यानडामा पनि संक्रमितहरु फेला परेका छन् । मलेशियामा ३ लाख ८० हजार वैधानिक रुपमा नेपाली कार्यरत छन् । यसैगरी अवैधानिक रुपमा यहाँ बसेर काम गर्नेहरुको यकिन तथ्याँक नभएपनि ठूलै संख्या रहेको अनुमान गरिन्छ । तसर्थ मलेशियामा कार्यरत नेपालीले सो भाइरसबाट जोगिन सजग रहनु पर्ने देखिएको छ । सो भाइरसको संक्रमणको लक्षणहरुः

– १ सय दशमलव ४ भन्दा बढी ज्वरो आउनु
– घाँटी र टाउको दुख्नु
– रुघा र खोकी लाग्नु
– श्वासप्रश्वासमा समस्या देखिनु

सो भाईरसको संक्रमणबाट बच्न निम्नानुसारको सजगता अपनाउन जरुरी छः
– नियमित साबुन पानीले हात धुने
– फ्लुको लक्षण(रुघा, खोकी, श्वासप्रस्वासमा समस्या) देखिएमा चिकित्सकसँग परामर्श लिने
– जंगली तथा घरेलु पशुपंक्षीहरुको सम्पर्कबाट टाढा रहने
– खोक्दा, हाछ्युँ गर्दा नाक र मुख छोप्ने
– फ्लुका लक्षण देखिएका व्यक्तिसँग टाढा रहने
– मासु अण्डा राम्रोसँग पकाएर खाने