खेतमा काम गरिरहेका किसानको अगाडि बाघ आएपछि… किसानको यस्तो नाटक देखेर बाघ झुक्किए (भिडियो)

एजेन्सी । जंगलको राजा सिंह भए पनि जंगलमा बाघले नै धेरै समय राज गर्छ । बाघ भन्ने वित्तिकै आम मानिस पनि डरले थरथर हुन्छन् । एक किसान खेतमा काम गरिरहेको समयमा बाघ अगाडि आयो ।

भारत महाराष्ट्रको एक गाउँमा बाघ बस्तीमा घुस्यो । गाउँलेले बाघ भगाउन थालेपछि बाघ खेतको बाटो भएर जंगलतर्फ लाग्यो । खेतमा एक किसानले काम गरिरहेका थिए । बाघलाई आफ्नै अगाडि देखेपछि ती किसान भुँइमा लडे । आफ्नो स्वास रोकेर मरेको नाटक गरे ।

किसानको यो तरिकाले काम गर्यो । बाघले किसानलाई समात्यो । मरेको भन्ने लागेर बाघ हिड्यो । यसरी किसानले आफ्नो ज्यान बचाउन सफल भए ।

यो दृश्य देखेका स्थानीय किसानसामू पुगे । यो सबै दृश्यको भारतीय वन सेवाका एक अधिकारीले भिडियो बनाएका थिए। अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियो हेर्नुहोस: