फेरि हल्लायो भुकम्पले, स्थानीयवासी त्रसित

मार्तडी। बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले बताएको छ ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपु(याएको बताए । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन् ।

जिल्लामा पटक(पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ।

यो पनि पढ्नुहोस: भुक्तानी प्रक्रियालाई सरल बनाउनुहोस् ः मन्त्री ज्वाला

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सुर्खेत कार्यालयको आज उद्घाटन गर्दै उनले नीतिगत, कानूनी र व्यावहारिक समस्या सुल्झाउन सहयोग गरिने बताए ।

मन्त्री ज्वालाले सम्पूर्ण कर्णालीवासीलाई बीमाको पहुँचमा ल्याउन राष्ट्रिय बीमा संस्थानलाई आग्रह गर्दैे यस क्षेत्रका जटिलतालाई सरलीकृत गर्न आवश्यक रहेको छ बताए । “समस्या पर्दा लाभ लिन सकिन्छ भनेर बीमा गर्ने हो, तर भुक्तानी प्रक्रिया झन्झटिलो हुने गुनासो सुनिन्छ”, उनले भने “बीमा संस्थानले बीमा क्षेत्रका समग्र जटिलतालाई सम्बोधन हुने गरी सरकारसमक्ष प्रस्ताव गरोस्, प्रदेश सरकार जटिलता सुल्झाउन तयार छ ।”

संस्थानका अध्यक्ष गङ्गाराम कँडेलले शाखा विस्तारलाई तीव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा क्षेत्रलाई पु¥याउने बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले बीमा गर्दा सहज तर भुक्तानी लिँदा असहज हुने प्रक्रिया अन्त्य गर्न संस्थानलाई सुझाव दिए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको तीन प्रतिशत योगदान रहेको जानकारी दिए । संस्थानले जुम्लामा समेत शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।