ज्योतिषमा फेल खाएपछि अर्जुन क्षेत्री जोगी बन्ने !

काठमाडौ। आफुलाई ज्योतिष बताउँने अर्जुन थापा क्षेत्री देशमा ठुलो भुकम्प आउँने भविश्यवाणी गरेर त्रास सिर्जना गरेपछि जेलको चिसो खाएर हिजो मात्रै छुटेका छन् । ठोकुवा गरेर जेठ २९ गते भुकम्प जाने भविश्यवाणी गरेपछि जेलपरेका क्षेत्रीले जेलबाट छुटेपछि भने आफ्नो बोली फेरेका छन्।

आफुले भुकम्प जाने भविश्यवाणी नगरेको तर मिडियाले गलत प्रचार गरेर आफुलाई बदनाम बनाउँन खोजेको आरोप लगाउँदै उम्कने दाउ उनले खोजिरहेका छन् तर उनले पहिला बोलेका भिडियो हेर्दा स्पष्ट रुपमा किटानी गरेरै भुकम्प जाने भविश्यवाणी गरेको भिडियोमा हेर्न सकिन्छ । आफ्नो घुमाउँरो बचाउ गर्दै उनले आफ्नो भविश्यवाणी मिलेको भन्न पनि भ्याएका छन् कैलालीमा गएको हावाहुरी सँग आफ्नो भविश्यवाणीको तुलना गर्दै उनले आफ्नो बचाउ गरेका छन्।

पहिले देखिनै विभिन्न प्रोपोगाण्डा गर्दै लगातार विवादमा पर्दै आएका क्षेत्रीले यस अघि पनि आफु फेस रिडर र नामुद ज्योतिष भन्दै विभिन्न अफवाह फैलाएका थिए । चर्चाका लागी अनेकौँ प्रोपोगाण्डा गर्न खप्पीस क्षेत्रीले एक पटक रिसको झोकमा आफुले पाएका सर्टिफिकेटहरु जलाएर समेत देखाएका थिए । उनलाई नजिक बाट चिन्ने उनका गाँउले दाई निरोज कुमार थापाले समय सिमा सहित किटेर अर्जुनका बारेमा बताए अनुसार क्षेत्रीले ज्योतिष पढेर पाएका भनिएका सर्टिफिकेटहरुनै नक्कली हुन्की भन्ने शंका उत्पन्न भएको छ । किनकी उनका गाउँले दाई निरोज कुमार थापाले जम्मा जम्मी ५ महिना आफुले नभेट्दा अर्जुन कसरी ज्योतिष भएर आयो रु भन्दै आश्चर्य व्यक्त गरेका छन्।

यता आफ्नै बोलीका कारण केहि दिन जेलको चिसो खाएर फर्किएका ज्योतिष भनिने अर्जुन क्षेत्रीले जेलबाट छुटेपछि एउटा वैराग लाग्दो फेसबुक स्टाटस पोष्ट गरेका छन् । अक्सर साधु सन्तहरुले बोल्ने जस्तो भाषामा क्षेत्रीले स्टाटस लेखेका छन् । भविश्यवाणीका नाममा अफवाह फैलाएपछि व्यापक आलोचनाको सिकार भएका उनले आफ्ना आलोचकहरु तर्फ संकेत गर्दै फेसबुकमा लेखेका छन् म एक आनन्द स्वरुप आत्मा हुँ दनियाँको हल्लाखल्ला बाट निकै टाढा छु।

यस्तो विरक्त लाग्दो स्टाटस लेखेका क्षेत्रीलाई विस्तारै आफ्नो कर्म बाट वैराग लागेको बुझ्न सकिन्छ । क्षेत्रीले समाजिक संजालमा त्यस्तो स्टाटस लेखेपछि एक समाजिक संजाल प्रयोगकर्ताले उक्त स्टाटस सेयर गर्दै लेखेका छन् ज्योतिषमा फेल खाएपछि अर्जुन क्षेत्री जोगी बन्न लागेकी कसो ?

यस अघि ज्योतिषका नाममा यस्तै अफवाह फैलाउँदै हिँडे पछि ज्योतिषहरुको सँगठनलेनै अर्जुनका कारण यो क्षेत्रनै बदनाम बनाएको भन्दै सामुहिक रुपमा माफी माग्न लगाएको थियो । सार्वजनिक रुपमानै आफ्नो बेइजत भएपछि क्षेत्रीले घर गएर फेसबुक लाइभ गर्दै आफ्ना सर्टिफिकेट जलाएका थिए ।

त्यस पछि पनि नसुध्रिएका क्षेत्रीले लगातार विभिन्न प्रोपागाण्डा गर्दै मिडियाबाजी र अफवाह फैलाइरहेका छन् । आलोचना चर्को भएपछि मन बुझाउँन उनले भन्ने गरेका छन्९ ‘सत्यको बाटो हिड्न कठिन हुन्छ यी सब यात्रामा लागेका ठेसमात्र हुन्।’ ।
उपद्रो मच्चाउनमा खप्पीस अर्जुन जेल बाट छुटेका छन् अब उनको अर्को उपद्रो कहिले र कस्तो आउँने हो हेर्न बाँकी नै छ ।