
काठमाडौं। शनिबार राती जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर राती ९ बजेर ३२ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का जाजरकोट र आसपासको जिल्लामा महसुश भएको थियो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको थियो ।