
तपाई हाम्रो घर तिर सजिलै पाईने गाँजरका फाइदा :
फाइबरको स्रोत : फाइबरको उच्च स्रोतयुक्त यसले मेटाबोलिजमलाई सशक्त बनाउँछ।
कलेजो मैत्री : यसले फ्याट घटाउँछ । पित्तलाई सन्तुलन गरी शरीरका अनावश्यक विष हटाउन सहयोग गर्छ।
पोषणयुक्त : गाँजरमा म्याग्नेसियम, फस्फोरस, जिंक, भिटामिन ए, सी, इ र के पाइन्छ।
क्यान्सरनिरोधी : यसमा पर्याप्त मात्रामा भिटामिन इ हुने भएकाले क्यान्सर कोष बन्ने कार्यलाई रोक्छ।
क्यालोरी घटाउँछ : क्यालोरी न्यून हुन भएकोले तौल नियन्त्रण गर्न सहयोग गर्छ।
हड्डीको स्वास्थ्य : भिटामिन ए युक्तले गाँजरले दृष्टिमा सुधार ल्याउनुका साथै हड्डी बलियो बनाउँछ ।
स्वस्थ मुुटु : यसमा हुने उच्च मात्राको पोटासियमले कोलेस्टेरोललाई नियन्त्रण गर्नुका साथै मुटुका लागि हितकर मानिन्छ ।एजेन्सी