
काठमाडौ। सरकारले ल्याएको गुठि विद्येयकका कारण ठुलो आन्दोलनको अवस्था सिर्जना भएको छ । कतिपयले यसलाई सस्कृती माथिको सरकारको प्रहार भनेर पनि टिप्पणी गरेका छन् । विशेष गरि गुठि विद्येयकका कारण काठमाडौँका नेवार समुदाय आन्दोलित भएका छन् । सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटाले गुठि विद्येयकलाई विरोध गर्नेहरु सामन्त भनेपछि अवस्था थप जटिल बन्दै गएको छ ।
आन्दोलन कावु भन्दा बाहिर जाने बुझे पछि प्रधानमन्त्री केपी ओलीले गुठि विद्येयक आवश्यक परे परिमार्जन गर्न तयार रहेको अभिव्यक्ति समेत दिइसकेका छन् । यस विच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक सांसद शान्ता चौधरीले गुठीले मोही–किसानको पक्षमा आवाज उठाएको दाबी गरेकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रश्न गरिन्, “हातमा ठेला उठाएर, काँध खुइल्याएर कूत बुझाउने मोही–किसानको नाममा बोल्ने कि नबोल्ने मन्दिरका नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ, गुठियारहरूको नाममा बोलिन्छ, गरिब–किसानको नाममा बोल्ने कि नबोल्ने रु”
उनले थपिन्, “चर्को गरी बोलेका कुरा मात्रै भावनात्मक हुन्छन् रु भोकभोकै हलो जोत्नेहरूको कुनै भावना हुँदैन रु निश्चित वर्गको हितमा मात्रै बोलिन्छ, उनीहरूका लागि बोल्नै नहुने रु उनीहरूका लागि कुनै व्यवस्था गर्नै नहुने भन्ने छ रु गरिबका लागि नबोल्ने गणतन्त्र हुन्छ रु मान्छे रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ रु” उनले प्रश्न गरिन् ।
उनले गुठी विधेयकविरुद्ध प्रतिपक्षीको आन्दोलन आश्चर्यजनक भएको टिप्पणी गरिन् । कांग्रेस सरकारमा हुँदा गुठी सम्बन्धी ऐन संशोधन गरेको र २०५८ सालमा विधेयक नै ल्याएको उनले बताइन् ।
तर, प्रतिनिधिसभा भंग भएकाले पास हुन नपाएको उनको भनाइ थियो । उनले दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिगाहा जमिन १६ सय परिवारले जोतभोग गर्दै आएको र कूत बुझाउने मोहीको हालत अहिले पनि दयनीय रहेको बताइन् ।