
काठमाडौँ। नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामाले पछिल्लो समय सरकारले दुईतिहाईको दम्भ देखाएको आरोप लगाएका छन् । सरकारले ल्याएको गुठी विधेयकको सर्वत्र विरोध भैरहेको बेला लामाले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै सरकारले नेवार समुदायलाई मात्र नभएर आमा जनतालाई आतंकित बनाउन थालेको बताएका छन् ।
त्यसैगरी उनले फेसबुकमार्फत नै संसदमा पुर्याएको गुठी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्दै सबैले मान्ने खालको विधेयक ल्याउन समेत आग्रह गरेका छन् । हेरौ उनको लेखको स्टाटस जस्ताको तस्तै
गुठी बिधेयकले तताएको छ नेपाल! यो बिधेयकले प्रश्न उठाएको छ सरकारको काम, कदम र ब्यवहार माथी! नेवार समुदाय मात्र नभएर सम्पुर्ण अन्य समुदायहरुलाइ पनि आतन्कित बनाउन थाली सकेको छ केही समय देखि यो सरकारको काम गतिबिधीले!
२/३ को सरकार हो भनेर जनतालाई पेलेर जान्छौ अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बडेको त होइन? त्यस्तो चाहिँ नहोस पनि किनकी जुन दिन नेपाली जनताले सडकमा उत्रेर एक स्वोरमा बिरोध गर्छन त्यति बेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाइ!
नेवा समुदाय र अन्य समुदाय ज जस्ले नेपालको कला संस्कृति र सम्पदालाई सम्हालेर/समरक्षण गरि राखेका छन, …वहाहरुलाइ हामी सबैको साथ छ! काधमा काध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिने छौ! तपाइहरु एक्लो हुनुहुन्न, सम्पुर्ण नेपाली परिवार तपाइहरुको साथमा छ!
त्यसैले फिर्ता लिउ, खारिज गर यो गुठी बिधेयक यदि कला, सम्पदा र संस्कृतिको जगेर्णा गरेर राख्ने हो भने! देशमा शान्ति ल्याउने हो भने!
जय चन्द्र सुर्य!!