काका–भतिज पक्राउ, भाउजु फरार

काठमाडौं । कागज मात्र दिइ १५ लाख ठगी गर्दागर्दै काका–भतिज पक्राउ परेका छन् भने भाउजु फरार रहेकी छिन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङ रहेकाे काठमाडौं प्रहरी परिसर, टेकुले जनाएकाे छ । काका–भतिजाले नयाँ बसपार्क, बौद्धलाई आधार इलाका बनाएर सक्कली भनेर नक्कली डलर र सुन साटेर लाखौं रुपैयाँ ठगी गर्ने गरेकाे परिसरका डीएसपी होविन्द्र बोगटीका बताए ।

आइतबार बिहान साँगाको भित्री जंगलमा रहेको इँटाभट्टामा लगेर लुटपाट गर्न लागेकाे र डलर भनेर कागज मात्र दिइ १५ लाख रुपैयाँ ठगी गर्न लाग्दा विशेष सूचनाको आधारमा डिल हुँदाहुँदै दुई जनालाई पक्राउ गरेकाे प्रहरीले जनएकाे छ । घटनामा संलग्न जितबहादुरकी श्रीमती भने फरार छिन् । उनीहरुले थली र कपनमा पनि एउटै शैली प्रयोग गरेर ७÷७ लाख रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको छ ।