बुगिवुगि विजेता ‘कविता नेपाली’ नेपाल प्रहरीमा !

काठमाडौं। एपिवान टेलिभिजनले नेपाल भित्र्याएको डान्स रियालिटि शो बुगिवुगिमा सहभागी भइ बिजेता बन्न सफल डान्सर हुन् कविता नेपाली । उक्त रियालिटी शो को उपाधि चुमिसकेपछि उनको मोडलिङ यात्रा सुरु भएको हो । त्यसभन्दा पहिले साधारण कभर भिडियोहरुमा डान्स गर्दै आइरहेकी कविताको चाहाना भने नेपाल प्रहरी बन्ने रहेको बताउँछिन् ।

पछिल्लो समय लोकदोहोरी, अाधुनिक, लगायक थुप्रै गीतहरुमा मोडलिङ गरिसकेकी कविताले आफ्नो सामाजिक सञ्जालमा नेपाल प्रहरीको बर्दी सहित खिचिएको तस्बिर सार्वजनिक गरेकी छिन् तस्बिरको बारेमा केही उल्लेख गरेकी छैन । के उनको चाहाना अनुरुप नेपाल प्रहरी नै बनेकी हुन् त कविता यो जान्न भने केही दिन कुर्नै पर्ने हुन्छ ।