ओलीलाई डुवाउन खतरनाक षड्यन्त्रको पोको बोकेर बालुवाटार छिर्ने को ?

काठमाडौ। केपी ओली नेतृतवको वर्तमान सरकार विरुद्ध भित्रभित्र खतरनाक खेल सुरु भएको छ । अनगर्ल प्रचारवाजी देखि चौतर्फी घेराबन्दीमा ओली सरकार परिरहेको छ । देशि मात्रै होइन विदेशी शक्ति केन्द्रहरु पनि ओली सरकारलाई बदनाम बनाउँन पसिना छुटाउँदै षड्यन्त्र गरिरहेको चर्चा छ । यस विच केहि समय अगाडि मात्र माधव नेपाल मार्फत नेपालका भिआइपीलाई होली वाइन खुवाएर केपी सरकारलाई वदनाम बनाउँने पात्र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल अर्को खतरनाक षढ्यन्त्रको पोको बोकेर ओलीलाई भेट्न बालुवाटार छिरेका छन्

नेपालमा क्रिस्चीयनहरुको एजेण्टका रुपमा चिनिने ढकालले आफुलाई राष्ट्रिय सभाको सदस्य बनाउँन ओली समक्ष प्रस्ताव गरेको बुझिएको छ । यस अघि पटक पटक मुसाको दाउमा एक सिटे सांसद भएर पनि मन्त्री पड्काउँदै आएका ढकालले यस पटक आफ्नो दोकान टाट पल्टने बुझेपछि पहिलेनै ओलीलाई पार्टीको चावी बुझाएर सुर्य चिन्हमै भोट मागेका थिए । अहिले त्यसैका व्याज असुल गर्न ओलीलाई दवाव दिन ढकाल बालुवाटार छिरेको बुझिएको छ । पछिल्लो समय विभिन्न विवादास्पद निर्णयहरुमा नराम्रो सँग चिप्लीरहेका प्रधामन्त्री ओलीलाई फेरी बदनाम बनाउँने डिजाइन अनुसारनै पश्चिमाहरुले ढकाललाई प्रयोग गरेको राजनितिक वृतमा चर्चा चलेको छ ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संसदमा आाफ्नो दललाई सहभागी गराउन माग गरेका छन् । युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेर पूर्वमन्त्रीसमेत रहेका ढकालले संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे माग गरेका हुन् ।

भेटमा उनले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको उक्त दलले विज्ञप्ति निकालेर जनाएको छ । तत्कालिन नेकपा एमाले र नेपाल परिवार दलबीच भएको ३ बुदें सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गराएको उनका निजि सचिव जितेन्द्र श्रेष्ठले बताए । गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ ।

चुनावको बेला परिवार दलले वाम गठबन्धनलाई सघाउँदै सूर्य चुनाव चिन्ह लिएर लड्ने र त्यसबापत प्रतिनिधि सभामा परिवार दलको प्रतिनिधित्व गराउने सहमति भएको थियो । यस विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ । ढकाल यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । २०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ढकाल शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए ।