गुजरातमा भीषण आगलागी, १५ विद्यार्थीको मृत्यु

काठमाडौँ – गुजरातको सूरतमा रहेको तक्षशिला कम्प्लेक्समा शुक्रवार भीषण आगो लागेको छ । आगोको कारणले १५ विद्यार्थीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । आगलागीको कारण विद्युतको सर्ट सर्किट बताइएको छ ।

आगलागी भएको बिल्डिङमा कोचिङ सेन्टर चल्ने गर्थ्यो । आगो लागेका कारण पढिरहेका विद्यार्थीहरू झ्यालबाट जमिनमा हामफालेका थिए ।

अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । उद्दारकर्ताहरूले आगो लागेको बिल्डिङमा फँसेकाहरूलाई सुरक्षित रूपमा निकालिरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । आगोलाई नियन्त्रणमा लिन १८ दमकलको सहायता लिइएको थियो ।