पूर्व राष्ट्रपति मोर्सीको अदालतमै निधन

एजेन्सी । इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीको सोमबार अदालतमा निधन भएको छ। उनी २०१३ मा अपदस्थ गरिएका थिए।

बिबिसीका अनुसार आफूलाई परेका मुद्दाका सिलसिलामा अदालतमा रहेकै बेला सोमबार उनी बेहोस भएका थिए। केहीबेरमै उनको निधन भएको थियो। उनी ६७ वर्षका थिए।

आम प्रदर्शनपछि उनी सन् २०१३ मा राष्ट्रपति चुनिएको १ वर्षमै अपदस्थ गरिएका थिए।