छिमेकी देश चीनमा गयो विनाशकारी भुकम्प, १२ जनाको मृत्यु, सयौँ घाइते!

काठमाडौ। चीनमा आएको भुकम्पका कारण १२ को मृत्यु भएको छ । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो ।

प्रान्तीय राजधानी चेंगदुमा चेतावनी प्रणालीले भुकम्प आउनु भन्दा १ मिनेट अगाडि जानकारी गराएको थियो । र तुरुन्त आपतकालीन प्रबन्ध सुरु गरेको थियो । राष्ट्रिय खाद्यमन्त्रालयले ५ हजार टेन्ट १० हजार फोल्डिंग बेड र २० हजार सिरक पीडितहरु रहेको क्षेत्रमा पठाइसकेको छ ।

भुकम्पमा परी करिब १३४ भन्दा बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । भुकम्पग्रस्त क्षेत्रमा उद्वारका लागि ६३ दमकल र ३०२ दमकलकर्मीहरुलाईसमेत खटाइएको छ ।