गलबन्दी प्रकरण, अन्ततः शम्भु राईले राखे यस्तो प्रस्ताव

काठमाडौ। सफलता पछि निकै चर्चामा रहेको प्रकाश सपुतको गलबन्दी गित यतिबेला उत्तिकै बिबादमा भेटिएको छ । गायक शम्भु राईले प्रकाश सपुतले गाएको गलबन्दी गित आफ्नो गितसंग मिलेको दाबि गरेका छन् । राईले आफ्नो गित देउसी भैलीसंग मिलेको दाबि गरेका हुन्।

आफ्नो गितसंग मिले बाफत आफुले कुनै छेतिपुर्ती नमागेको तर गलबन्दीको गितको क्रियसनमा आफुलाई राख्न र प्रकाश सपुत रिक्रियसनमा रहन राईले सपुतसंग प्रस्ताव गरेको बताएका छन् । तर प्रकाश सपुतबाट उक्त प्रस्ताब प्रति कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ । गायक राईले पुरानो श्रष्टालाई सिध्याएर अर्को श्रष्टा जन्मिनु राम्रो नभएको बताएका छन् । आफ्नो अस्तित्वको खोजि गर्दै उक्त बिषय नछोड्ने समेत बताएका छन् ।

उनले एक टिभी अन्तर्वार्तामा अब कानुनि उपचार पनि खोज्ने बताएका छन् । बिषय बस्तु उठिसके पछि अब न्याय खोज्छु उनले भने । सपुत संग सहमतिको बाटो खोजिरहेको तर सहमतिमा नआए अब कानुनि बाटो अपनाउने बताएका छन् ।

अरु कसैको गितसंग मिलेर हिट हुनुलाई सांकृतिक हस्तक्षेप र श्रष्टामाथिको हस्तक्षेप भएको बताएका छन् । यस्तो कार्यले श्रष्टाहरुलाई सिध्याउने समेत दावी गरेका छन् ।

प्रकाश सपुतको नियतमा त्यस्तो हो कि ? मेरो प्रभाबमा पर्नु भएको हो कि ? सयोगले गितको संग मिलेको हो ? आफुले जान्न जाहेको र त्यहि अनुसार सहमति गरेर जानु पर्नेमा आफुले जोड दिएको शम्भु राईले जनाएका छन् ।