
काठमाडौं। रु १०० मै उपचारकाे नारा दिएर सञ्चालित समता अस्पतालमा काम गर्दै आएकी एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छन् ।बाेद्धस्थित समता अस्पतालकाे अस्पतालको शैचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा ती युवतीकाे शव फेला परेको हाे । महानगरीय प्रहरी परिसर काठमाडौंले दिएकाे जानकारी अनुसार मृतककाे पहिचान खुलेकाे छ ।
मृतक रामेछापकाे दोरम्बा स्थायी घर भई हाल साेही अस्पतालमा क्लिनरकाे काम गर्दै आएकी २७ वर्षीय बिमला तामाङ रहेकाे खुलेकाे हाे । मृतकका आफन्त आएर अस्पताल परिसरमा तोडफोड समेत गरेका छन् । प्रहरीले आक्राेशित भीडलाई नियन्त्रि गर्दै सुरक्षा दिइरहेकाे छ ।
अस्पतालका प्रशासनले भने मृतक साेही अस्पतालकी कर्मचारी हुन् कि हाेइनन् भन्नेबारे ठाेस जानकारी दिन सकेकाे छैन । सलको पासो लाएर तामाङ झुन्डिएको फेला परेपछि घटनाबारे प्रहरीले थप अनुसन्धान थालेकाे छ । झुण्डिएर आत्महत्या गर्नुकाे खास कारण पनि खुल्न सकेकाे छैन ।