टाट पल्टियो अनिल अम्बानीको कम्पनी

काठमाडौं। अनिल अम्बानीको कम्पनी आरकम टाट पल्टििएको घोषणा गरिएको छ । अब यो कम्पीले तिर्न नसकेको ऋणको तथ्यांक जुटाइँदैछ । अहिलेसम्म यो कम्पनीबाट फिर्ता पाउनुपर्ने ऋणको दावी ५७ हजार ३ सय २२ करोड बराबरको प्राप्त भएको छ । कम्पनीले सोमबार रेगुलेटरी फाइलिङमा यो जानकारी दिएको हो । रिपोर्टअनुसार यसरी ऋण फिर्ता पाउनुपर्ने दावी गर्ने कम्पनीमा रिलायन्स ग्रुपकै कम्पनीहरु पनि छन् ।

अन्तरिम रेज्योलुशन प्रोफेशनल प्रदिप कुमार सेठीले ८१८९ करोड रुपैयाँको नयाँ दावीका अलावा ३० करोड रुपैयाँको थप दावी गरेका छन् । कूल ४९,२२२.८८ करोड रुपैयाँको दावी अहिलेसम्म सामेल गरिएको छ । आरकमको अनुसार बाँकी दावीको जाँच भइरहेको छ । नयाँ दावीमा अनिल धिरुभाइ अम्बानी ग्रुपका कम्पनीको ७०००.६३ करोड रुपैयाँको दावी पनि छ ।