अध्यक्ष प्रचण्ड बस्ने घर घेराउको तयारी

काठमाडौं । ललितपुरको चापागाउँ–खुमलटार सडकखण्ड लामो समयसम्म कालोपत्रे नभएपछि स्थानीयबासी विरोधस्वरुप धर्नामा बस्ने भएका छन् ।

ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दासमेत सो सडकखण्डको काममा प्रगति नभएपछि स्थानीयले सास्ती खेप्दै आएका छन् ।

सो सडकको ठेक्का लिएका शारदाप्रसाद अधिकारीले काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोही सडकखण्डमा अधिकारीको घर रहेको छ भने सो घरमा हाल नेकपा अध्यक्ष प्रचण्ड बस्दै आएका खबर आजको राजधानी दैनिकमा छ।

यसअघि पटक पटक आन्दोलन गरिसकेका स्थानीयले यसपटक भने प्रचण्ड बसेको ठेकेदारको घर घेराउ गर्ने तयारी गरेको छ।