प्रचण्डलाई कांग्रेसको जवाफ: ‘भाषा र हर्कत हेर्दा पतनको बाटोमा लागेजस्तो देखिएको छ’

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई प्रदेश १ का कांग्रेस सांसदले जवाफ दिएका छन् ।

प्रदेशसभाको शुक्रबारको शून्य समयमा सचेतक सूयर्माराज राईले जनयु द्धका नाममा मारिएका १७ हजार मानिसको र’ग’तको बाछिटा गिरिजाप्रसाद कोइरालालाई लगाउने काम नगर्न सुझाव दिए ।

“गिरिजाप्रसादको फेरो समाएर ज्यानको दुहाइ माग्ने प्रचण्ड आज उनै गिरिजाप्रसादको विषयमा जथाभावी बोल्न थाल्नुभएको छ,” राईले भने, “राजनीतिको एक आशलाग्दो पात्र जनयु द्धमा आत्तिए, त्यसपछि मा’त्तिए अहिले पात्तिएको जस्तो देखिएको छ ।’’

जनयु’द्धपछि शान्तिप्रक्रियाको टुंगो लगाउन गिरिजाप्रसादले शान्तिदूतका रूपमा काम गरेको तर प्रचण्डले प्राणरक्षाको दुहाइ माग्दै आएको कुरा आज बिर्सिएको भन्दै सचेतक राईको भनाइ छ ।

“लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता । संघीयता र आजको उपलब्धिको आधार तयार गर्ने नेतालाई मान्छे मार्न उक्सायो भनेर तुक्ष भाषा प्रयोग भयो । भाषा र हर्कत हेर्दा प्रचण्ड पतनको बाटोमा लागेजस्तो देखिएको छ,” उनले भने । सचेतक राईले कांग्रेसले प्रचण्डको भनाइको घोर निन्दा गर्छ भन्दै बोल्दा विचार गर्नुपर्ने सुझाए ।