६ जना नेपालीले ज्यान गु’माएको कुवेतमा यस्तो थियो कहालीलाग्दो दुर्घट’ना (भिडियो)

काठमाडौं। कुवेतको सीजीजीसी कम्पनीमा भएको दुर्घ’टनामा अहिलेसम्म ६ जना नेपालीले ज्या’न गु’माएको कुवेतस्थित नेपाली दूतवासले जनाएको छ । दुर्घट’नामा परी मृ’त्यु भएका ६ जना नेपाली मध्ये ४ जनाको पहिचान खुलेको छ। नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गरी मृतकहरुको परिचय खुलेको जानकारी दिएको हो। दूतावासका अनुसार मृ’त्यु हुनेहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन्।

मृ’त्यक मध्ये अन्य दुईजनाको विवरण खोजी भइरहेको दूतावासले जनाएको छ। यस्तै दुर्घ’टनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि काममा फर्केको दूताबासले जनाएको छ । कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसीका कामदारहरु दुर्घ’टनामा परेका थिए । दुर्घ’टना हुने बेला १३ जना कामदारहरुले काम गरिरहेका थिए । अहिलेसम्म ६ जना नेपालीको ज्या’न गएको पुष्टि भएको दूतावासकी द्वितीय सचिव जानकी ओझाले जानकारी दिईन ।

काम चल्दै गर्दा अचानक माटो खस्न थालेको देखेपछि ३ जना कामदार चि’च्याउँदै भागेका थिए । उनीहरु सकुशल छन् । २ जनालाई भने टाउको भाग सम्म पुरिएको अवस्थामा उद्धार गरिएको दूताबासले जनाएको छ ।

भिडियो हेर्नुहोस: