आजको मौसम: यी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने

काठमाडौं । देशका धेरैजसो स्थानमा बुधबार पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रही केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

यस्तै,राति देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

पूर्व तथा मध्य भेगका केही र पश्चिमी भेगका थोरै स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।