यी ७ राशिका लागि निकै शुभ छ यो महिना, हेर्नुहोस् मासिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

रातो रङ्गको प्रयोग गर्नुहोला । गणेश र हनुमानको पूजा गर्दा लाभ मिल्नेछ । मेष राशिका व्यक्तिहरुलाई धन लाभ हुने योग छ । वाणीको प्रभाव बढ्दै जानेछ । महिनाको मध्यति काममा कुनै अवरोध आउन सक्छ तर जोश, जाँगर र विश्वास गरेर अगाडि बढ्न सके सफलता मिल्नेछ । प्रेम सम्बन्धमा सफलता होला । विद्यार्थीका लागि भने यो महिना त्यति राम्रो देखिदैन्। सन्तान पक्षबाट सुख प्राप्त हुनेछ। महिनाको मध्यतिर स्वास्थ्यमा समस्या आउन सक्छ, सावधान रहनुहोला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वृष राशि हुने व्यक्तिको यो महिना दिमाग शान्त र मन आनन्दित हुनेछ। महिनाको सुरुवात राम्रो रहेको छ। प्रेम सम्बन्ध राम्रो रहला। धन खर्च हुनेछ। आमाप्रति श्रद्धा तथा माया प्रगाट रहला। यो महिना शुभ कार्यमै वित्नेछ। यो महिना पहेँलो रङको प्रयोग गर्दा शुभ रहला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

महिनाको सुरुवातमा चन्द्रमा कमजोर भएको रहेको हुँदा धेरै तनाव सिर्जना होला । तर राशिमा शुभ ग्रहको योग रहेकाले डराइहाल्नु पर्ने समय रहेको छैन्। महिनाको सुरुवात मध्यम छ भने विदेश यात्रा भने उत्तम देखिन्छ। तपाईको बानी तथा क्रियाकलाप अरुका लागि प्रेरणाको स्रोत बन्ला । यो महिना कालो र निलो रङको प्रयोग गर्नु शुभ मानिन्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

महिनाको सुरुवातमा मन प्रफुल्ल रहने, आत्मबल बढ्ने, आफन्तबाट सहयोग र खुसी प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ला । सरकारी जागिरमा बढुवा हुने योग रहेको छ। म्हिनाको मध्यभागमा भोग विलासीको समान खरिद गरिएला । यो महिना गुलावी र सुन्दुरे रङको प्रयोग गर्दा शुभ रहला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

हर्ष उल्लास र आनन्दको वातावरण प्राप्त हुनेछ। पाचन प्रणली र नसा सम्बन्धी रोगले सताउन सक्छ। सावधान रहनुहोला। धन हानी हुन सक्छ। महिनाको सुरुवात र मध्यममा शिक्षित, प्राज्ञिक तथा बौद्धिक चिन्तनमा मन जानेछ। प्रेम सम्बन्धमा खटपट रहला। राजकिय सम्मान प्राप्त हुने योग रहेको छ। निलो र रातो रङको प्रयोग गर्दा शुभ रहनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसायमा मेहनत गरे अनुसारको फल प्राप्त हुनेछ। तर साथीको सहयोग प्राप्त नहोला। सुरुवातको समयमा चिन्तनको उपाय महत्वपूर्ण बन्न सक्छ। ग्रह कमजोर रहेकाले महिनाको मध्य भागमा भने चोटपटक लाग्नसक्छ। सचेत रहनुहोला। हलुका रातो, निलो रङको प्रयोग गर्दा शुभ रहनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

महिनाको सुरुवाती समयमा मन खिन्न भएपनि गरेका मेहनतको फल ढिलै भएपनि प्राप्त होला। पानी, खोलानालाबाट भने सावधान रहनुहोला । संगीत क्षेत्रमा निकै राम्रो देखिन्छ। महिनाको मध्य भागमा भने धन हानी हुन सक्छ। साथीभाइबीच जमघट तथा भोजभतेरमा सहभागी हुने योग रहेको छ। हरियो, रातो रङको प्रयोग गर्दा यो महिना शुभ रहला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राम्रो नराम्रो दुबै समाचार सुन्नु पर्ला। व्यापार तथा दैनिक कामबाट लाभ प्राप्त होला। महिनाको सुरुवातमा व्यापार व्यवसायबाट नाफा हुने छ। मध्यभागमा भाइ बहिनी, आमाबाबु तथा आफन्तबाट खुसी मिल्नेछ। पतिपत्नीबीच प्रेम प्रगाट रहला। महिनाको अन्त्य तिर भने धन हानी हुने तथा कुनै मुद्दा मामिलामा पर्न सक्ने योग रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि हुने व्यक्तिका लागि आर्य आर्जनका दृष्टी महिनाको सुरुवात सामान्यतया ठिकै छ। महिनाको मध्यभागमा व्यापार व्यवसायिक क्षेत्रमा निकै राम्रो रहेको छ। बोलीको प्रभाव बढ्नेछ। मन प्रतिष्टा र सामाजिक मान मर्यादा बढ्नेछ। महिनाको अन्त्यतिर भने रोगले सताउन सक्छ। स्वास्थ्यमा खाल गर्नुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मकर राशिका लागि यो महिनाको सुरुवातको समय मध्य रहेको छ। मन दोधार नबनाउनुहोला । परिवार तथा साथीभाइले तपाईको काममा सहयोग गर्लान। महिनाको मध्यतिर भने चिन्ता र रोगले सताउला । मध्यतिर पारिवारीक सम्बन्धमा खटपट भएपनि महिनाको अन्त्यमा परिवारबीचको सम्बन्ध सुमधुर बन्ला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

उत्तम भावमा चन्द्रमा रहेकाले यो महिनाको सुरुवातमा निकै सफलता मिल्नेछ। ध्न लाभ हुने तथा राजनीतिक क्षेत्रका काम राम्रा रहलान। महिनाको मध्यभागमा भने स्वास्थ्यमा समस्या आउने तथा तनावले सताउनेछ। महिनाको अन्त्यतिर भने बाधा तथा चिन्ता हट्दै जाने छन् भने कामको प्रतिफल मिल्दै जाने योग रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीतिक तथा सामाजिक क्षेत्रमा गरेका काम सफल हुने तथा मान सम्मान प्राप्त हुने योग रहेको छ। पठन पाठनमा भने यो महिना खासै राम्रो देखिदैन्। महिनाको मध्य भागमा विशेष शुभ कार्यमा सहभागी हुने अवसर प्राप्त होला। घरपरिवार तथा सन्तानको जिम्मेवारी बढ्नेछ। महिनाको अन्त्यमा कृष तथा व्यापारिक क्षेत्रमा सफलता मिल्ने योग छ। सेतो पहेँलो रङको प्रयोग गर्दा शुभ रहला । मीन राशिका व्यक्तिले गुरु देवको आरधना गर्नु निकै राम्रो हुनेछ।