देउवाको कुरालाई गम्भीर लिन प्रधानमन्त्रीलाई योगेश भट्टराईको आग्रह

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठकमा प्रकट गरेका कुरालाई गम्भीर रूपमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका सांसद योगेश भट्टराईले आग्रह गरे ।

देउवाले संसद्को बैठकमा आफ्नो धारणा राखे पश्चात् भट्टराईले यस्तो आग्रह गरेका हुन् l

भट्टराईले ट्विटरमा लेखेका छन्, ‘आज प्रतिपक्षी दलका नेता माननीय शेर बहादुर देउवा धेरै रिसाएको मुडमा प्रस्तुत हुनुभयो । विषयवस्तु प्रतिको असहमति हो कि ? हिजो संसद्मा आफैबाट भएको गम्भीर गल्तीप्रतिको आत्मग्लानी ? जे भए पनि उहाँका कुरालाई गम्भीर रूपमा लिन प्रधानमन्त्रीलाई अनुरोध गर्दछु।’