श्रीमानले यौन सम्बन्ध राख्न नसकेपछि आत्महत्या ! सुसाईट नोटमा लेखेकी थिइन् यस्तो

एजेन्सी। भनिन्छ संसार विश्वासमा अडिएको छ । संसारमा हरेक किसिमका बानी र व्यवहार भएका मानिसहरु बसोबास गर्छन् । मानिस जन्मिसकेपछि सामुदायिक साँस्कृति चेतनाको प्रभाव पनि राम्रैसँग पर्छ । त्यही चेतनाले मानिसलाई भविष्यको दिशा निर्देश गर्दछ । यो संसारमा विचित्रका मानिसहरुको पनि कमि छैनन् । हरेक मानिसमा आ–आफ्नै खालका समस्याहरु हुन्छन् । ती समस्यालाई समयमै परिवारले समाधान गर्न सकेन भने भयानक दुर्घटना पनि हुन सक्छ । जसले समस्याग्रस्त व्यत्तिको ज्यानै जान सक्छ ।

पछिल्लो समय भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा कार्यरत डाक्टर प्रिया वेदीले पारिवारिक समस्याका कारण आत्माहत्या गरिन् । आत्माहत्याअघि उनले सामाजिक सञ्जाल फेसबुकमा सुसाईड नोट लेखेर आत्माहत्याको कारण आफ्नै श्रीमान भएको बताएकी छन् । उनको विवाह ५ वर्षपहिले डाक्टर कमल वेदीसँग भएको थियो । विवाहको ५ वर्षसम्म पनि श्रीमान श्रीमतीबीच शारीरिक सम्बन्ध स्थापित हुन नसकेको उल्लेख छ । समलिंगी रहेका उनका श्रीमानले आफूलाई भावनात्मक रुपमा प्रताणित गरेको भन्दै उनी आफ्नो जीवनको अपराधी भएको सुसाईट नोटमा लेखेकी छन् ।

विवाह लगत्तै उनले श्रीमान समलिंगी भएको थाहा पाएपनि आफूले स्वीकार गरेर बसेपनि उनले आफूलाई प्रताडित बनाएपछि यस्तो कदम उठाएको बताएकी छन् । उनको सम्बन्ध एक पुरुषसँग हुने गरेको र आफूसँग बस्दा उनमा कुनै उत्तेजना नै नआउने उनको भनाई छ । उनले आफूले कमल समलिंगी भएको थाहा पाएपछि ८-१० पटक शारीरिक सम्बन्ध बनाउन चाहेपनि सफल हुन नसकेको सुसाईड नोटमा लेखिएको छ ।