मनसुन भित्रिदै: यस्तो रहनेछ आगामी तीनदिन

काठमाडौं। अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने संकेत देखिएको मौसमविद्ले जनाएका छन् । बंगलादेश र भुटानसम्म मनसुन आइसकेको र अब शुक्रबारसम्म नेपालमा मनसुन भित्रिने देखिएको हो । अब बिस्तारै तापक्रम घट्दै जाने र १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्नेछ । त्यसपछि मनसुन सूरु हुने हुँदा गर्मी बढ्ने सम्भावना नरहेको मौसमविद्ले बताए । सामान्यतया जुन १० तारिखमा मनसुन नेपाल भित्रिन्छ। यस हिसाबले यस वर्ष मनसुन प्रवेशमा केही ढिलाइ भएको छ।

त्यस्तै आज देशभर वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आजदिनभरीमा देशका धेरै जसो स्थानमा वर्षा हुनेछ । आज मध्यपश्चिम र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी स्थानका तराई क्षेत्रमा पनि आज पानी पर्ने सम्भावना रहेको छ।

असार ४ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ । पूर्व तथा मध्य भेगका केहि र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघगर्जन/हावाहुरी सहितको वर्षाको सम्भावना छ ।

असार ५ गते (बिहीबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार ६ गते (शुक्रवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।