
काठमाडौं। करेन्ट लागेर हात खुट्टा गुमाएका कृष्णलाई एक्लै छोडेर रुपा कतै जान सकिनन् । बरु कृष्णसंगै जिउने र मर्ने रुपाले कसम खाईन ।
त्यसपछिको उनीहरुको कठिन जिबन संघर्षले नयाँ मोड लियो। फलस्वरुप आज कृष्णले हातखुट्टा पाए । ३७० दिनको कठोर संघर्ष र रुपाको प्रगाढ माया भित्र विश्वभर रहेका मनकारी सहयोगी दाताहरुको कारण आज कृष्णले नयाँ हात र खुट्टा पाएका छन् ।
३७० दिनको कठोर सङ्घर्ष पछि कृष्ण ओली आफ्नै खुट्टाले हिडन थालेका छन् । दुख र पिडाको बिचको उनीहरुको जिबनले नयाँ मोड लिनुमा संचारकर्मी तथा कलाकार शिशिर योगीलाई श्रेय जान्छ । सायद यो घटना उनले बाहिर ल्याउदैनथे भने कृष्णले नयाँ हात र खुट्टा पाउने थिएनन होला ।
यतिबेला रुपा मगर र कृष्ण ओलीको बैबाहिक जिबनले २ बर्ष पार गरेको छ । त्यहि बर्षगांठको उपलक्ष्यमा शिशिर भण्डारीले कृष्ण र रुपाको कारण आफु पनि भाग्यमानी भएको बताए ।
रुपा र कृष्णको बैबाहिक जिबनले २ बर्ष पुरा भएको एनिभर्सरीको दिन शिशिर भण्डारीले भने, ‘म भाग्यमानी थिएँ , जस्ले यो समयका मुना र मदन जस्तै जोडीको कथा बाहिर ल्याउन पाएँ । मैले जीवनमा केहि गरें जस्तो लाग्यो, तिमीहरुको दुखको सारथी बन्न पाएँ । हामीले त हौसला दिने मात्रै हो, जीवनका कठिन र सरल बाटोहरु तिमीहरुले नै हिड्नु छ । यो माया, साथ र बिश्वास कहिल्यै नटुटोस भाई कृष्ण र बहिनी रुपा । तिमीहरुको बैवाहिक जीवन २ बर्ष पुरा भएकोमा मुरी मुरी शुभकामना ।’भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस…