नेम्वाङको ठोकुवा : ओली नै ५ वर्षको प्रधानमन्त्री, प्रचण्ड र वामदेवलाई धक्का

काठमाडौ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेकपा पार्टीका शिर्ष नेताहरु बीच देखिएको विवादहरुले प्रधानमन्त्रीको पद जोखिममा नरहेको कुरा उल्लेख गरेका छन्।

सुवास नेम्वाङले क्यानाडा नेपालसंगको कुराकानीमा भने, “वामदेव गौतम होस् या अरु कोही व्यक्ति, कसैको स्वार्थको लागि पनि संविधान संसोधन हुदैन । संविधान संसोधन भनेको केटाकेटी खेल होईन त्यसैले समाचारमा आएको हल्ला खल्ला मात्र हुन् । अहिले नेकपाका शिर्ष नेताहरु बीच यो विषयलाई लिएर कुनै खालको पनि विवाद छैन ।”

वामदेव गौतमलाई राष्ट्रिय सभामा लानुपर्ने अडान प्रचण्डले लिए पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीको पद जोखिममा परेको विश्लेषण आएको विषयमा नेता नेम्वाङले भने, “समाचारमा धेरै खालको भ्रमपूर्ण खबर आएको पाएँ तर वामदेव गौतमको कारण पार्टीमा कुनै खालको विवाद छैन । प्रचण्डले आफै नै भनिसक्नु भएको छ कि केपी शर्मा ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो र यहि नै सत्य हो । ढुक्क हुनुहोस केपी शर्मा ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो ।”

क्यानाडा नेपालले तयार पारेको यो भिडियो अन्तर्वार्ता हेर्नुहोस: