नेपालमा भित्रियो मनसुनी वर्षा, यस्तो रहनेछ आजको मौसम

काठमाडौं। आज बिहीबार दिउँसोको समयमा देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। त्यस्तैगरी रातिको सयममा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।