तपाइँलाई थाहा छ, होटलमा किन बिछ्याइन्छ सेतो तन्ना ?

एजेन्सी। होटलका कोठा हुन् वा धर्मशाला, तपाइँले देख्नु भएको होला बेडमा सेतो तन्ना नै ओछ्याइएको हुन्छ। तर के तपाइँले कहिल्यै सोच्नु भएको छ होटलका बेडमा किन सोतो तन्ना नै विछ्याइन्छ? जबकि सोतो रंग नै सबैभन्दा छिटो महिलो हुन्छ। यदि यसका विषयमा थाहा छैन भने आज हामी जानकारी दिँदैछौं।

प्रत्येक होटलमा ग्राहक सबैभन्दा पहिला सफाइको माग गर्छन्। सोतो तन्ना सबैभन्दा सफा देखिन्छ। सोतो तन्ना ओछ्याउनुको पहिलो कारण भनेको सफा देखाउनकालागि हो। ग्राहकले कोठाको सफाइ देखेर कोठा बुक गर्छन भन्ने विश्वास गरिन्छ।

सेतो तन्नामा केही झर्यो भने दाग बस्छ। यसकारण ग्राहकले खाने पिउने बेलामा पनि निकै ध्यान राख्छन्। सेतो कपडामा ब्लीच सजिलै हुन्छ। ब्लीजले सेतो तन्नामा चमक आउँछ। सेतो रंगले मनलाई शान्त बनाउँछ। सेतो तन्नामा सुत्दा राम्रोसँग निदाउन सकिन्छ। सेतो तन्ना होटलमा यस कारण ओछ्याइन्छ की ग्राहकले रिल्याक्स गर्न सकून्।

वैज्ञानिकहरुका अनुसार अन्य रंगको तुलनामा सेतो रंगको तन्नामा सुत्दा राम्रोसँग निन्द्रा लाग्छ। र बारम्बार ब्युँझिँदैनन्। ताइँ विहान उठ्दा फ्रेश अनुभव गर्नुहुन्छ।

१९९० सम्म होटलमा रंगीन बेडशीट प्रयोग गरिन्थ्यो। त्यो बेला रंगीन बेडशीटको प्रयोग दागलाई लुकाउन र ग्राहकलाई खुशी बनाउनकालागि गरिन्थ्यो। तर पछि वेस्टिन होटलका डिजाइनरले ग्राहककालागि आलिशान ओछ्यान कस्तो हुनुपर्छ भन्ने विषयमा शोध गरे। त्यसपछि सेतो तन्ना सबैभन्दा राम्रो विकल्पका रुपमा अघि सारियो। त्यसपछि होटलमा सेतो तन्नाको प्रयोग गर्न थालिएको हो।