सन्दिपको नयाँ विश्व कीर्तिमान

काठमाडौं। नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले थाइल्याण्डविरुद्धको जारि खेलमा टि -ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नयाँ विश्व क्रीतिमान कायम गरेका छन्।

उनले लगातार २२ बल कुनै रन नदिई क्रीतिमान राखेका हुन्। सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

यस अघि उक्त क्रीतिमान पाकिस्तानका फास्ट बलर मोहमद आमिरको नाममा रहेको थियो। उनले लगातार २१ डट बल फालेका थिए। उनले यूएइविरुद्ध उनले उक्त क्रीतिमान हासिल गरेका थिए। अमिरसंगै अन्य ४ बलरले समेत उक्त उपलब्धी हासिल गरेका थिए।