ओलीलाई नेल्सन मण्डेलासँग तुलना

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी ओलीलाई नेल्सन मण्डेलासँग तुलना गरेका छन्।

उनले लामो जेल जीवन विताएका दक्षिण अफ्रिकाका मण्डेलाकै लाइनमा प्रधानमन्त्री ओली भएको बताए।

उनले देशले प्रधानमन्त्री ओलीको नेतृत्व अझै पर्खिरहेको बताए। त्यस्तै, उनले नेपालमै प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको सफल शल्यक्रिया भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिष्ठा बढेको बताए।