विश्वका दुई शक्तिबिच युद्ध सुरु : सीमाक्षेत्रमा आएको अमेरिकी ड्रोन इरानले खसाल्यो !

एजेन्सी। अमेरिका र इरानका बिचमा लामो समय देखि तनाब बढ्दै गएको छ । अहिले अमेरिका र इरान युद्ध नजिक पुगेका छन्। इरानको रिभोल्युसनरी गार्डले अमेरिकाको एउटा जासुस ड्रोनलाई गोली हानेर खसालेको दाबी गरेको छ।

दुई देशबीचको तनाव चुलिइरहेका बेला इरानबाट यस्तो समाचार आएको हो । अमेरिकाले खाडीको सागरक्षेत्रमा इरानका तेल ट्यांकरमाथि सैन्य अभियान छेडेपछि इरानले अमेरिकी जासुस ड्रोन खसालिदिएको हो ।आफ्नो आकाश क्षेत्र उलंघन गर्दै आएको उक्त अमेरिकी जासुस ड्रोनलाई सेनाले खसालिदिएको जानकारी इरानको सरकारी टेलिभिजनले दिएको छ।

अमेरिकामा निर्मित ग्लोबल हक ड्रोनलाई इरानी सेनाले देशको दक्षिणी क्षेत्रस्थित होर्मोजगान राज्यको आकाशबाट खसालिदिएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी गराएका छन्।

इरानले अमेरिकाको आरक्यू–४ ग्लोब हक जासुस ड्रोनलाई खसालिदएको हो । यो विमान सन् २०१३ मा अमेरिकाले निर्माण गरेको जानकारी दिइएको छ । यी दुई देशबीचको तनाव अझै चुलिने अनुमान गरिएको छ ।इरानले खाडीको सागर क्षेत्रमा अमेरिकाले गरिरहेको हस्तक्षेप प्रयासको निन्दा गर्दै उसको अपरेशनको औचित्य सावित गर्न पनि चुनौती दिएको छ।

अमेरिकी अधिकारीले अघिल्लो साता पनि इरानले आफ्ना ड्रोनमाथि मिसाइल हमला गरेको जनाएका थिए । इरानले मिसाइल हमला गरेपछि अमेरिकाले ओमानको खाडीमा दुई तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ।