
काठमाडौं । पछिल्लो समय दुई चर्चित गायक शम्भु राई र प्रकाश सपूत चर्चामा छन् । पछिल्लो समय दर्शक श्रोताका मन मुटुमा बस्न सफल गायक सपूतलाई आफ्नो नयाँ गीत ‘गलबन्दी’ ले त चर्चामा ल्यायो नै । साथै उनको उक्त गीतमा ‘चोरी’ को पनि ट्याग लगाइयो ।
शम्भु राईको धेरै पुरानो देउसी गीत ‘आउ नाचौँ’ सँग मिलेको भनेर धेरैले दाबी पनि गरे । स्वयम् शम्भु राईले पनि आफ्नो गीतसँग मिलेको दाबी गरी उक्त गीतमा आफ्नो नाम राख्नुपर्ने माग गर्दै आइरहेका बेला प्रकाश सपूतले सामाजिक सञ्जालमा आफूले गीत नचोरेको दाबी गरिरहेका छन् । उनले उक्त आरोपबाट आफूले आफैँलाई अपराधि महशुस गरेको बताएका छन् ।