हात छैन तर पनि बालुवामा खुसि खोज्दै

पोखरा। खुईलीसकेका नंग्राहरुले बालुका खोस्रिरहेका हातहरु । उमेरले किशोरअवस्था देखि तीनविसा सम्म काटिकसेका पाखुराहरु तर नथाकेका जाँगरहरु नसकिएका जिम्मेवारीहरु । कर्म न हो गर्नैपर्ने बाध्यता, जिम्मेवारी न हो निभाउनै प¥यो । उमेरले रमाउने भएपनि डाडै काटेपनि गर्जाे टार्ने श्रोतबनेको छ पोखराको रामघाट । रामघाट त्यही घाट हो जसमा दिनहुँ जसो नै मानिसका लासहरुको अन्त्यष्टी गरिन्छ त कसैको चुलो बाल्ने माध्यम बन्छ ।

प्रदेशकै राजधानी पोखरामा रहने बस्ने सबैको ईच्छा हुन्छ । प्राकृतिक रुपमा पनि रमणीय पोखरा पुग्ने महत्वकाक्षां राख्नेहरुलाई भने पोखराका बास्ताविक धरातल भने थाहा छैन । हो, आज हामी आलिसान महलका जग ठड्याउने बालुवा चाल्नेहरुको कथा लिएर आएका छौं ।

जीविकोपार्जनकै लागि बालुवा चाल्नु कुनै उदाहरणीय विषय त होईन । तर बालुवा कोतर्न कसरी पुगेकाछन् भन्ने रहस्य भने भिन्न–भन्न छ । सन्तानको खुसीका लागि नंग्रा खुईलाउनेहरुको सपनाका भारी सुन्दा लाग्छ संसारका महान अभिभावक घाटमा हाँसिरहेका छन् । सहयात्रीबाट छुट्टिएकाहरुले बालुवामै खुसी भेटेका छन् । सबैले एक्लाएकाहरुको साहारा पनि तिनै ढु·ा–माटो बनेका छन् । भुकम्पले बास उठाएकाहरुले वालुवाका घरहरुमा सपना देखेका छन् ।