‘मैले बोलेको कुरामा कुनै पछुतो छैन्, अझै भन्छु, र*डि जिन्दावाद’ – मेयर चौधरी

इटहरी। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी सामाजिक सचेतनाको कार्यक्रममा आपत्तिजनक भाषण गरेका कारण विवादमा तानिएका छन्।

उनले इटहरीमा मौलाइरहेको वेश्यावृत्तिको सन्दर्भमा बुधबार बिहान दिएको भाषणमा महिलाको अपमान हुनेगरी सार्वजनिक कार्यक्रममा आपत्तिजनक शव्दको प्रयोग गरेका हुन् । उनले वेश्यावृत्तीलाई संकेत गर्ने क्रममा ‘र..डी’ शव्दको २७ पटक भन्दा बढी प्रयोग गर्दै भने,‘र..डी जिन्दावाद रहेछ।’

वेश्यावृत्तीका कारण लिपिस्टिकको व्यापार, कण्डमको व्यापार बढेको बताएका उनले आफ्नै घर रहेको इटहरीको लविपुर भन्ने ठाउँमा कोठा भाडा पनि मज्जाले लाग्ने गरेको भाषणमा बताएका छन्।

सार्वजनिक कार्यक्रममा मेयर चौधरीले दिएको अभिव्यक्ति सभ्य र समाजले पचाउने खालको नभएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । उनले महिलाको अपमान हुनेगरी शव्दको पटक–पटक प्रयोग गरेकोमा आलोचित पनि भएका छन्।

यसैबारेमा मेयर चौधरीले एक युट्युब च्यानलमा दिएको ताजा अन्तर्वार्ता उनि भन्छन, मैले बोलेको कुरामा कुनै पछुतो छैन्, अझै भन्छु, र*डि जिन्दावाद। बाँकी भिडियोमा हेर्नुहोस: