पूर्वसचिव भन्छन् – ‘चौधरी मुनासँगै बढी ‘क्लोज’ थिए’

काठमाडौं। सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीपत्नी मुना कार्की ह’त्या’का’ण्ड जटिल प्रकारको रहेकोले प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई जारी राखेको छ ।

प्रारम्भिक चरणमा सीसीटिभी फुटेजमा देखिएका ह’त्या भएको दिनका दृश्य, आ’त्म’ह’त्या गरेको भनिएका कामदार विजय चौधरी र हत्या गरिएकी मुनाको मोबाइलको ल्याब परिक्षण गरिएको थियो ।

यसबाहेक उक्त घरमा काम गर्ने अन्य व्यक्ति, ह’त्याका दिन सम्पर्कमा देखिएका अनेकसँग प्रहरीले बयान लियो भने पूर्वसचिव कार्कीको पनि बयान लिइएको थियो ।

कार्कीले प्रहरीलाई दिएको बयानले पनि हत्याको खास कारणको फेरो समा’त्न प्रहरीलाई कठिन भएको छ । मुनासँग नै कामदार बिजय घरका स–साना विषयमा बढी ‘क्लोज’ भएको कार्कीको बयान आएपछि उक्त प्रकरणको अनुसन्धान अझ लामो हुने प्रष्ट देखिएको छ ।

२७ माघमा भएको उक्त प्रकरणका विषयमा कार्कीको बयान तीन सातापछि प्रहरीले लिएको थियो । उनले बयानका क्रममा चौधरीले ह’त्या नै गर्नुपर्ने त्यस्तो खास कारणबारे पत्तो नभएको, त्यस्ता शंकास्पद गतिविधि वा व्य’हार नदेखिएको प्रहरीलाई बताएका थिए ।

चौधरी, चौधरीको परिवारमा कुनै प्रकारको असमझदारी आफ्नो परिवारसँग नरहेको बताएका कार्कीले आफूभन्दा बढी मुनासँगै उनी ‘क्लोज’ रहेको बताए । मुनाले नै कामदार चौधरीलाई काम लगाउने, पैसा दिनेलगायतका काम गर्थिन् ।

बरु, कार्कीले भनेका छन्,‘कहिलेकाहीँ काम छिटो नगरेको भनी सामान्य झपार्ने काम हुन्थ्यो होला तर हत्या नै गर्ने चरणमा चौधरी किन पुग्यो थाहा छैन ।’