खुट्टामा नेल ठोकेर रेशम चौधरीको उपचार गरिँदै

काठमाडौँ। कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

उनी विगत तीन सातादेखि बिरामी पर्दै आएका छन्। विभिन्न समस्याले ग्रसित सांसद रेशम पछिल्लो दिन वैशाखी टेकेर हिँड्ने गर्थे ।

२०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा रेशम चौधरी विगत १५ महिनादेखि जेलमा छन्। हालै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो।