कमेडी च्याम्पियनमा वि’वाद सिर्जना भएपछि खबपु फेसबुक लाइभमा आएर बोले

काठमाडौ । कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए संगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर विरोधको नाराबाजी सुरु भएको थियो ।

यस विषयमा कार्यक्रम आयोजक देखि जजहरुले विजेता निस्पक्ष रुपमा भएको जनाएका थिए तर खबपुका समर्थकहरुले कार्यक्रमको वि’रोध गरेका थिए । यहि विषयमा आज खबपु फेसबुक मार्फत छोटकरीमा आफ्नो विचार राखेका छन् । आफ्नो निवास पुगेर फेसबुक लाइभ मार्फत दर्शकलाई धन्यवाद दिंदै खबपुले वि’रोध नगर्न समेत आग्रह गरेका छन् ।

खबपुले भने, “रियालिटी शोमा हार र जित त हुन्छ नै त्यसैले विरो’ध बारे बोल्दिन । जे भयो र यहाँ सम्मको मायालाई धन्यवाद दिन चाहन्छु ।”

खड्ग बहादुर पुनले लाइभ मार्फत आफु चाडै नै केहि नयाँ प्रस्तुतिका साथ दर्शक माझ आउने समेत जनाएका छन् । आफुलाई माया र साथ दिएको कारण यो स्थान सम्म आइपुग्न सफल भएको लाइभ मार्फत बताएका छन् ।