प्रधानमन्त्री ओलीलाई यसरी सम्झिए नरेन्द्र मोदीले

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्वीटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिट्वीट गरेका छन् । विश्व योग दिवसको अवसरमा ओलीले गरेको ट्वीटलाई मोदीले रिट्वीट गरेका हुन् ।

‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना !’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

उक्त ट्वीटलाई मेन्सन गरेर रिट्वीट गर्ने क्रममा मोदीले लेखेका छन्- ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रूपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

हेर्नुहोस्, ट्वीट :