
काठमाडौं। आफ्नो पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको विरोधमा विप्लव नेतृत्वको नेकपाले यही असार १० गते नेपाल बन्द आह्वान गरेको छ ।
महासचिव विप्लवले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहित आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेका हुन् ।
असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गने मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस्, विज्ञप्ति :