योग दिवसमा भट्टराई दम्पतिका ७ आसन, हेर्नुस फोटोमा

काठमाडौं। योगदर्शनमा मोटोपन घटाउने अनेक आसन र विधिको वर्णन पाइन्छ, जुन प्रयोगद्वारा सिद्ध छन् । हाम्रो प्राचीनतम विज्ञानले सिद्ध गरेका यस्ता विधिको प्रयोग र अभ्यासले विनाकुनै साइडइफेक्ट शरीरको वजनलाई सन्तुलनमा राख्न र अधिक वजनलाई आवश्यकस्तरमा ल्याउन सकिन्छ ।

आज अन्तर्रा्ष्ट्रिय योग दिवस ।विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही अवसरमा पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नियमित योगाभ्यासले मानिसलाई स्वस्थ र सुखी हुन मदत पु¥याउने बताउनुभएकाे छ । योग दिवसको शुभकामना दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो अफिसियल फेसबुकमा यस्तो पोस्ट गर्नुभएको हो।