नारायण गोपालको गीत सङ्ग पनि मिल्यो प्रकाश सपुतको गीत (गीत सहित)

काठमाडौं। गायक प्रकाश सपुतमाथि स्वर सम्राट नारायण गोपालको गीत पनि चोरी गरेको आरोप लागेको छ । सपुतको ‘गलबन्दी’ बोलको गीत वरिष्ठ गायक शम्भु राईको देउसी गीतबाट चोरी गरिएको आरोप लागिरहेको बेला उनीमाथि नारायण गोपालको गीत पनि कपी गरेको आरोप लागेको छ।

सपुतले गलबन्दी गीत निकाल्नुअघि ‘केटाहरु नबन सोझो’ बोलको गीत निकालेका थिए । उक्त गीत दर्शकले निकै मन पराएका थिए । तर उक्त गीतको भाका नारायण गोपालको गीतको भाकासँग मिलेको छ।

नारायण गोपालको ‘बैनीको दयाँ छ भने’ बोलको गीतलाई सपुतले रिमेक गरेको आरोप लागेको हो । गायक सपुतले भने शम्भु राईको गीतको विषयमा आफूले उक्त गीत कहिल्यै नसुनेको जिकिर गर्दै राईलाई खुलापत्र लेखेका थिए । र उनले उक्त आफ्नो ब्लग ‘प्रकाश सपुत डटकम’मा प्रकाशित गरेका थिए।

गलबन्दीको गीत जसरी सुरुवात गरिएको छ, जसरी बेलुकी गाउँघरमा बसेर गाइएको बनाइएको छ, शम्भु राईको गीत पनि बेलुकी सँगै बसेर गाइएको छ । दुवै गीतमा पलेटी मारेर बसेर गाइएको देखिन्छ । नारायण गोपालको गीतमा पनि भिडियो हेर्दा एउटै शैली अपनाइएको छ।

भिडियो हेर्नुस्: