रोकियो एसईई परीक्षा

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ। बुधबार सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

विश्वभर फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि एसईई स्थगित भएको शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अन्‍नपूर्णलाई जानकारी दिए।

चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो । बिहीबार अर्थात् चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो । एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो ।