कमल थापा रिसाउँदै बीचमै कार्यक्रम छोडेर हिँडेपछि…(भिडियो)

काठमाडौं। राप्रपाका अध्यक्ष कमल थापाल एक अन्तर्वार्ताका क्रममा बीचमै कार्यक्रम छोडेर हिडेका छन् ।

हिन्दु राज्य र राजतन्त्र स्थापनाको मूल एजेण्डा लिएर केहि दिन अघि तीन अध्यक्ष रहेर राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति भएको थियो । न्युज २४ टेलिभिजनमा प्रशारण हुने ‘टु द पोइन्ट’ शीर्षकको कार्यक्रमबाट थापाले प्रश्नको जवाफ दिन मानेनन् र कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको हो ।

पत्रकार राजु थापाले लिएको अन्तर्वार्तामा कमल थापाले नेपालको सनातन हिन्दु रास्ट्रको पहिचान धरासाही हुदै गएको र प्रजातन्त्रनै संकटमा पर्ने सक्ने सम्भनव भएको बताएका थिए, थापाले अहिले धर्म परिवर्तन बढी रहेको, मठ-मन्दिर भन्दा चर्च, मस्जित बनिरहेको भन्दै तर्क गर्दा, पत्रकारले तपाइँहरुको व्यवस्ता आएपछि यस्तो क्रियाकलाप रोकिन्छ ? भनेर प्रश्न गरेका थिए । यसै बीच धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको पक्षमा आफ्नो पार्टी रहेको दाबि गर्ने थापालाई पत्रकारले तपाईको ब्यबस्थामा अहिले भएको जस्तो गतिविधि हुदैन ? भनेर प्रश्न गर्दा जवाफ दिन हिच किचाएका थिए ।

यसै बीच पत्रकारलाई पूर्वाग्रह पूर्ण प्रश्न गरेको र भ्रम सिर्जना गर्न खोजेको भन्दै थापाले कार्यक्रम बीचमै छोडेर हिडेका थिए।

भिडियो: