
नयाँदिल्ली। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुनियाँका सबैभन्दा शक्तिशाली नेता बनेका छन् ।
बेलायतको ब्रिटिश हेराल्डको एक सर्वेक्षणमा पाठकहरुको भोटको आधारमा तयार पारेको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ । उनी रूसी राष्ट्रपति पुटिन, चिनियाँ राष्ट्रपति शी जिनपिङ्ग समेत दिग्गज नेताहरु जितेर सबैभन्दा शक्तिशाली बनेका हुन् ।