नेपाल आइडलको शिर्ष ५ बाट बाहिरिए एक नसोंचेको प्रतिस्पर्धी

काठमाडौ। अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ । जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेका छन । ३ वर्ष अघि नेपाल भित्रिएको अत्यन्तै चर्चित गायन रियालिटी सो “नेपाल आईडल” को यतिवेला तेस्रो सिजन चलिरहेको छ ।

सुरुदेखी नै एपि वान एचडी टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आइडलमा निर्णायकहरु फेरिएका छैनन । न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले नै पहिलो सिजन देखि निर्नायकको भुमिकामा छन् ।

कार्यक्रम टेलिभिजनमा राति ८ः३० बजेदेखि र नेपाल आइडलको युट्युब च्यानलमा ८:४५ बजे देखि प्रत्यक बिहिवार र शुक्रबार प्रशारण भैरहेको छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए ।

आज प्रसारण गरिएको २७ औं भागबाट दर्शकको भोटको आधारमा नेपाल आइडल सिजन ३ को शिर्ष ५ बाट काठमाडौकी मेघा श्रेष्ठ बाहिरिएकी छिन । श्रेष्ठ यस सिजनकै एक मात्र गोल्डेन माइक्रोफोन हासिल गरेकी प्रतिस्पर्धी थिइन् । पहिलेको हप्ता झैँ यो हप्तापनि केभिन ग्लान तामाङले सबैभन्दा बढी भोट ल्याएका छन ।

साथै टपटेन बाट बाहिरिएकाहरु मध्यबाट यसपाली नेपाल आइडलले वाइल्ड कार्ड इन्ट्री मार्फत एक जनालाई पुनः नेपाल आइडलमा भित्र्याउने ब्यवस्था गरेको छ ।

प्रतिस्पर्धीहरु लाई भोट गर्ने भोटिंग कोड यस प्रकार रहेको छ:

केभिन ग्लान तामाङ भोटिङ कोड NI02
नेशन पुन मगर भोटिङ कोड NI08
प्रबिण बेडुवाल भोटिङ कोड NI09
सज्जा चौलागाईं भोटिङ कोड NI11

हेरौं ‘नेपाल आइडल’  सिजन-३ को २७औं भाग  :