बलिउड गायिका कनिका कपूरलाई कोरोना संक्रमण

काठमाडौं। बलिउड गायिका कनिका कपूरलाई कोरोना संक्रमण भएको छ । गायिका कपूरले इन्स्टाग्राममा आफुलाई कोरोना भाइरस रोगको पुष्टि भएको जानकारी दिनुभएको छ । उहाँले पछिल्लो ४ दिन देखि फ्लुको लक्षण देखिएको र परिक्षण गर्दा कोभिड नाइन्टिनको पुष्टि भएको बताउनुभएको छ । आफुलाई कोरोनाको पुष्टि भएपछि परिवारसंग अलग्गै बस्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।

गायिका कपूरले भन्नुभयो – १० दिन पहिला घर फर्कने क्रममा विमानस्थलमा स्वास्थ्य परिक्षण गर्दा कुनै पनि लक्षण देखिएको थिएन । भारतीय सञ्चारमाध्यमहरुका अनुसार लण्डनबाट फर्कनु भएको थियो । गायिका कपूरले लण्डनबाट फर्किएपछि लखनऊको एक होटलमा करिव एक सय मानिस सहभागि भएको पार्टीमा सहभागि हुनुभएको थियो ।