कसले पाउनेछ वाइल्ड कार्डमार्फत पुनः प्रवेश ? हर्नुहोस नेपाल आइडल आजको २८औं भाग (भिडियो)

काठमाडौ। अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ । जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेका छन । ३ वर्ष अघि नेपाल भित्रिएको अत्यन्तै चर्चित गायन रियालिटी सो “नेपाल आईडल” को यतिवेला तेस्रो सिजन चलिरहेको छ ।

सुरुदेखी नै एपि वान एचडी टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आइडलमा निर्णायकहरु फेरिएका छैनन । न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले नै पहिलो सिजन देखि निर्नायकको भुमिकामा छन् ।

कार्यक्रम टेलिभिजनमा राति ८ः३० बजेदेखि र नेपाल आइडलको युट्युब च्यानलमा ८:४५ बजे देखि प्रत्यक बिहिवार र शुक्रबार प्रशारण भैरहेको छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए ।

साथै टपटेनबाट बाहिरिएकाहरु मध्यबाट यसपाली नेपाल आइडलले वाइल्ड कार्ड इन्ट्री मार्फत एक जनालाई पुनः नेपाल आइडलमा भित्र्याउने ब्यवस्था गरेको हुनाले आजको २८ औं भागमा तिनै ५ प्रतिस्पर्धीहरु मध्ये आज एक छानिनेंछ ।

भिडियो हेर्नुहोस: